उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन निर्वाचन आयोगको आग्रह
वि.सं.२०८१ मंसिर ३ सोमवार १७:३३
1.21K
shares
shares
xr:d:DAFbpsAE51M:3090,j:7501157714431889710,t:23121702
काठमाडौं । यहीँ मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोग नेपालले सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
आयोगका निर्वाचन आयुक्त एवम् उच्च स्तरीय निर्वाचन सुरक्षा समिति संयोजक सगुन शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गराउन विभिन्न सात बुँदे निर्णय समेत गरेको छ ।
आयोगकी सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन सुरक्षाका लागि सात बुँदे निर्णय गरिएको उल्लेख गरेकी छिन् ।











