पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगिँदै

1.22K
shares

काठमार्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउन अदालत लगिँदैछ ।

सीआईबीको हिरासतमा रहेका उनलाई सुरुमा चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गरिसकेपछि म्याद लिन जिल्ला अदालत काठमाडौं लगिँदैछ ।

प्रसाईंलाई साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी भएको छ ।