दुर्गा प्रसाईं थप ५ दिन प्रहरी हिरासतमै बस्ने

1.65K
shares

काठमाडौं । दुर्गा प्रसाईं थप ५ दिन प्रहरी हिरासतमै बस्ने भएका छन् ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।