धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा घरदैलो गर्दै

1.73K
shares

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ कीर्तिपुर प्रमुख पदका उम्मेदवार राजमान मानवलाई सघाउन घरदैलो कार्यक्रममा सामेल भएका छन् ।

सोमबार मेयर साम्पाङ कीर्तिपुरमा पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गरेका हुन् ।

घरदैलोको क्रममा उनले राजमान मानव कीर्तिपुरको विकासको लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनको लागि आफू आएको बताए ।

उनले भने,‘उहाँ राम्रो मान्छे हो । चुनावमा राम्रो मान्छेलाई भोट गरौँ भन्ने हो । म उहाँलाई सघाउन आएको हुँ राम्रो काममा । साधारण म जस्तै मान्छे हो उहाँ काम गर्ने खालको मान्छे हो ।’