पुरुष यू–१९ एसिया कप : श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्दै नेपाल
वि.सं.२०८१ मंसिर १४ शुक्रवार १०:४५
1.05K
shares
shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा आजदेखि पुरुष यू–१९ एसिया कप–२०२४ का खेलहरु सुरु भएका छन् ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा सुरु भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
यूएईको शारजहास्थित शारजहा क्रिकेट रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
यस्तै, नेपालले आफ्नो दोस्रो खेल मंसिर १६ गते बंगलादेशसँग र तेस्रो खेलमा मंसिर १८ गते अफगानिस्तानको सामना गर्नेछ ।













