काठमाडौं महानगरपालिका-१६ मा रास्वपाको विजयी र्याली

1.26K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिका १६ मा विजयी र्याली निकालेको छ ।

आइतबारको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अध्यक्ष उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएपछि विजयी र्याली निकालेका हुन् ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।

रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मी रत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका थिए भने कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भएका थिए ।

यस्तै, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका थिए ।

यो वडामा यसअघि काँग्रेस विजयी भएको थियो । काँग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।