६ सय रुपैयाँले घट्यो सुनको मूल्य
वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:५६
1.26K
shares
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज बढेको छ । यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको छ ।













