एनपिएल : चितवनले दियो कर्णालीलाई एक सय ३१ रनको लक्ष्य

1.35K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्स सामु जितको लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको. चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदैँ एक सय ३० रन बनाएको हो ।

चितवनको लागि रवि बोपारा अविजित रहदैँ अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्धतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन र अमर रौतेलाले समान ९/९ र दीपक बोहोराले ८ रनको योगदान दिए ।

त्यस्तै, शरद भेषावकरले अविजित रहदैँ ६ रन जोडे भने सोहेल तनवीर शुन्य रनमै आउट हुन पुगे । चितवनले अतिरिक्त ५ रन प्राप्त गर्यो ।

कर्णाली याक्सका लागि विपिन शर्माले सर्वाधिक तीन विकेट लिए । यस्तै, कर्णालीका जिशान मकसूदले दुई, नन्दन यादव र कप्तान सोमपाल कामीले एक/एक विकेट हात पारे ।

अहिले कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ ।