चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्दै कर्णाली याक्स
वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०९:०१
shares

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार टस जितेर कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी एनपिएलमा यो कर्णाली याक्स र चितवन राइनोज दुवैको यो तेस्रो खेल हो ।
यसअघि कर्णालीले दुई खेल मै हार ब्यहोरेको छ भने चितवनले दुई वटै खेल जितेको छ ।
पहिलो खेलमा कर्णाली याक्स जनकपुरसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो ।
चितवन राइनोजले आफ्नो दुई खेलमध्ये दुबै खेलमा जित हात पारेको छ । पहिलो खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेट हराएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हरायो ।
बिहीबार दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।













