शान्ति सुरक्षा सुदृढ गर्न कुनै पनि सम्झौता नगर्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन
वि.सं.२०८१ मंसिर २४ सोमवार १५:१७
shares

सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनै पनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन ।
गृहमन्त्री रमेश लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठूला दलहरू मिलेर समस्या समाधान गरेको बताए । साथै उनले दुई ठूला दल एमाले काँग्रेस मिलेर संविधान बनाएको बताएका छन् ।
‘यो सरकार केही मानिसहरूलाई मन्त्री बनाउन र सरकार बनाउनका लागि मात्र सरकार बनेको हैन । केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उभिएका हौँ । आर्थिक क्रियाकलाप कमजोर बने । त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौँ । ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलैमध्ये एक नेपाल हो । धेरै संविधान बनाउनु भनेको देश अस्थिर हुनु हो । हामी स्थिरका लागि सरकार बनाएका छौं ।’
उनले जनतामा डेलिभरीको समस्या भएको बताए । धेरै विषय गृहमन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको बताए ।
उनले शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनुपर्ने सेवाको स्थिति सुदृढ गर्न कुनै पनि सम्झौता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
उनले अनुशासन कायम राख्नुपर्ने समेत बताएका छन् ।
उनले भने, ‘लोकतन्त्र भनेको अनुशासनको परिवर्तन हो । अपराधकर्ताको व्यवस्था होइन ।’
व्यक्तिको चरित्र हत्या गर्ने, जाति धर्म र क्षेत्रको बिचमा दोष लगाउने खालको गतिविधिमा केन्द्रित हुनुपर्ने बताए ।
सरकारको स्थायित्व,मुलुकको स्थायित्व र दिगो विकासबाट सरकार बनेकोले यसलाई नियन्त्रण गर्नेतिर पनि हामी केन्द्रित हुनुपर्ने बताए ।
उनले अपराध गर्नेहरू सबै कानुनी दायरामा आउनुपर्ने बताए । हाँसेर मात्र सेवा प्रवाह गरे मात्र आधा समस्या समाधान हुने बताएका छन् ।













