रविको पक्षमा प्रचण्ड : भने- सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्न थाल्यो

1.11K
shares

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानमा बयानका लागि पर्सा पु¥याउन लगिएका रवि लामिछानेमाथि माओवादी केन्द्रका नेताहरूले सान्त्वना दिन थालेका छन् ।

उनीहरूले रविमाथि सरकारले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार भइरहेको भन्दै विरोध पनि जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताए ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दा समेत गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्( ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’