सेयर बजारमा नेप्से परिसूचक १२.८४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो
वि.सं.२०८१ मंसिर २४ सोमवार १५:५१
shares

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो । कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।
यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । उत्पादन, लगानी, र फाइनान्स समूहका परिसूचकहरू क्रमशः १.०६५, ०।७६५, र ०.१५५ ले वृद्धि भए । तर बैंकिङ ०.४६५, विकास बैंक ०.६८५, होटल तथा पर्यटन ०.८३५, हाइड्रोपावर ०।५४५, जीवन बीमा १.६७५, माइक्रोफाइनान्स ०.६१५, निर्जीवन बीमा १.१६५, र व्यापार समूह १.३०५ ले घटेका छन ।
इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ८.७५ ले वृद्धि भयो । त्यस्तै, महिला लघुवित्तको ७.१५, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३५, र हिमालयन डिस्टिलरीको ५.९९५ ले वृद्धि भएको छ । विपरीत, खानीखोला हाइड्रोपावरको मूल्य ८.२५, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२५, र सुपरमाइ हाइड्रोपावरको ३.८५ ले घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहेका छन् ।













