पोखरामाथि कर्णाली याक्सको जित
वि.सं.२०८१ मंसिर २५ मंगलवार १५:४२
1.05K
shares
shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज भएको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जरर्सलाई ७ विकेट पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले १६ आभेर ३ बलमै समेटिएको थियो । कर्णालीका विलियम बसिस्टोले ६ विकेट लिएपछि पोुखरा १०३ रन मात्रै बनाउन सक्यो ।
जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।
कर्णालीका लागि ओपनरद्वय देव खनाल र बाबर हायात क्रमश: शून्य र ७ रनमा आउट भए । तेस्रो नम्बरमा आएका चाडविक वाल्टन ४२ र गुल्सन झाले अविजित ४९ रन बनाए । कर्णालीका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान १—१ विकेट लिए ।
कर्णालीको यो तेस्रो जित हो । यो सँगै उसको अंक ६ पुगेको छ । पोखराले भने २ अंक मात्रै जोड्न सकेको छ ।













