एनपीएल : आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै
वि.सं.२०८१ मंसिर २६ बुधवार ०७:५८
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबिच प्रतिस्पर्धा हुने छ ।
एनपीएल अङ्क तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अङ्कसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अङ्कका साथ दोस्रो स्थानमा छ ।
जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ ।
दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
काठमाडौंको कप्तानी करण केसीले गर्दै छन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् ।













