एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, के छन् एजेन्डा ?
वि.सं.२०८१ मंसिर २६ बुधवार १०:३५
1.5K
shares
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज देखि सुरु हुँदै छ ।
नकपा एसले केन्द्रीय कार्यालयमा आज र भोली स्थायी कमिटी बैठक बस्ने भएको हो ।
पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो ।
बैठकले पार्टी संरचनामा कार्य विभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली अनुमोदन गर्ने बताइएको छ ।













