टस जितेर सुदूरपश्चिमविरुद्व पहिले बलिङ गर्दै जनकपुर बोल्ट्स
वि.सं.२०८१ मंसिर २६ बुधवार ०९:००
1.4K
shares
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।
एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ ।
जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ ।













