रास्वपा सभापति लामिछानेलाई पोखरा पुर्याइयो
वि.सं.२०८१ मंसिर २६ बुधवार १४:१३
1.96K
shares
shares

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ ।
वीरगञ्जमा बयानपछि उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइएको हो ।
उनीमाथि वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको आरोप छ । उनलाई बयानको लागि सोमबार काठमाडौं ल्याएर पर्सा पठाइएको थियो ।













