एनपिएलमा आज : पोखरा र विराटनगर, जनकपुर र काठमाडौँ भिड्दै
वि.सं.२०८१ मंसिर २७ बिहीवार ०७:३६
2.22K
shares
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्स भिड्दैँ छन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।
जारी एनपिएलमा पोखरा र विराटनगर ४/४ खेल खेलेका छन् । जसमा दुबै टोलीले तीन खेलमा हार ब्यहोरेका छन् भने एक खेल जितेका छन् ।
यस्तै, आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज भिड्नेछन् । यो खेल दिउँसो सवा एक बजे हुनेछ ।
जारी एनपिएलमा ५ खेल खेलेको जनकपुरले ४ खेलमा विजयी हुँदै एक खेलमा हार भोगेको छ ।
त्यस्तै, काठमाडौँको यो पाँचौँ खेल हो । अघिका ४ खेलमध्ये दुई खेल जितेको छ भने एक खेल हारेको छ ।







