आज देशभर सार्वजनिक बिदा
वि.सं.२०८१ मंसिर ३० आइतवार ०९:१४
1.68K
shares
shares

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
किरात समुदायको पर्व उँधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् ।
किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउने गर्छन् ।
पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उँधौली पर्व मनाउँदै छन् ।













