एनपिएलमा आज काठमाडौं र विराटनगर, पोखरा र सुदूरपश्चिम भिड्दै

1.05K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुदैँछन् ।

पहिलो खेल काठमाडौं गुर्खाज र विराटनगर किङ्ग्सबीच हुनेछ । यो खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

जारी एनपिएलमा दुबै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका ६ खेल मध्ये काठमाडौं तीन खेलमा विजयी भएको छ भने तीन खेलमा पराजित भएको छ ।

विराटनगरले किङ्ग्सले भने यसअघिका ६ खेलमा दुई खेल जित्दै ४ वटा खेलमा हार भोगेको छ ।

यस्तै, दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

जारी एनपिएलमा पोखराको यो अन्तिम खेल हो । यसअघिका ६ खेलमध्ये दुई खेल जितेको छ भने ४ खेलमा हार भागेको छ ।

सुदूरपश्चिमको भने यो छैठौं खेल हो । यसअघिका ५ खेलमा ४ खेल जित्दै एक खेलमा भने हार व्यहोरेको छ ।