तीन वटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?
वि.सं.२०८१ पुस २ मंगलवार ०७:३३
1.44K
shares
shares

काठमाडौं । संघीय संसद् अन्तर्गत विभिन्न तीन वटा समितिको बैठक बस्दै छ ।
मंगलबार अर्थ समितिको बैठक बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा बस्दै छ ।
बैठकमा अर्थ समितिको बैठक बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै,विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ ।
बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।
त्यसै गरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्दै छ ।
बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरूका सम्बन्धमा छलफल हुने छ ।













