एसीसी यु-१९ महिला एसिया कप : आज नेपाल र भारतबीच भिडन्त
वि.सं.२०८१ पुस २ मंगलवार ०८:३०
1.92K
shares
shares

काठमाडौं । एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ ।
खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।
हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो ।
प्रतियोगितामा एसियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।
आजको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग खेल्नेछ ।











