एनपीएल : लिग चरणका खेल सकिएसँगै आज ब्रेक
वि.सं.२०८१ पुस २ मंगलवार ०९:३८
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैन् ।
बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन् ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ ।
अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ ।
समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरिएको छ ।
कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल हुन् ।
त्यस्तै, बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ ।
सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । जनकपुर १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ ।
जनकपुरमा कप्तान अनिल शाह र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन् ।











