नेपाली बजारमा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
वि.सं.२०८१ पुस २ मंगलवार ११:२४
1.76K
shares
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेर तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।













