नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

    बिहीबार एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । बिहीबार १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation