नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको कारोबार ?
वि.सं.२०८१ पुस ५ शुक्रवार ११:०६
2.15K
shares
shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
बिहीबार एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । बिहीबार १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।













