
काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।
सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सभापति लामिछानेमाथि सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मुद्दा दर्ताको जानकारी संसद सचिवालयलाई गरेपनि अहिलेसम्म सभामुखले उनको पदको के हुने भन्ने निर्णय गरिसकेका छैनन ।