
काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरुको बयान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित ५ जना प्रतिवादीको बयान सोमबारदेखि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको हो ।
सुरुमा न्यायाधीश राईले मिसिल पढेपछि मात्रै आरोपीहरूलाई बयानमा बोलाएका थिए । सबैभन्दा पहिले पूर्वडीआईजी छविलाल जोशीको बयान भएको थियो ।
तर सोमबार उनको बयान नसकिएपछि अर्को दिन निरन्तर हुने गरी इजलास रोकिएको छ । छविको बयान सकिएपछि मात्रै रविको बयान अघि बढ्नेछ ।