
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् ।
संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतमा रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा परेको विषय सचिवायलाई जानकारी गराएको थियो ।
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ।