शेखरको आरोप- कांग्रेसभित्र गुट फस्टाउने अवसर सभापतिले नै दिइरहनुभएको छ

  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले कांग्रेस पार्टीभित्र विचलन रहेकाले यसलाई सभापतिले व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

    सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराई केन्द्रको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले हाल पार्टीभित्र गुट फस्टाउने अवसर पनि हालका पार्टी सभापति शेर बहादुर देउवाबाट नै भएको बताए ।

    ‘यतिबेला पार्टीमा विचलन छ । यसलाई स्विकार गर्नुपर्छ । यस्तोबेल सभापतिज्यूले केही सुुन्दै नसुन्ने हो भने अप्ठयारो पर्छ । राजनीति गर्नेहरुलाई अप्ठयारो पर्छ । हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्नुपर्छ,’ उनले अगाडि भने, ‘यसलाई व्यवस्थापन कसले गर्ने भन्दा किशुनजी (कृष्ण प्रसाद भट्टराई)कै अनुयायी अहिलेका आदरणीय सभापतिले गर्ने हो । गुटलाई फस्टाउने अवसर उहाँले सिर्जना गरिरहनुभएको छ । यस्तोबेला परिस्थिति अफ्ठ्यारो हुँदो रहेछ ।’

    डा.कोइरालाले अहिले जसरी देशको राजनीतिक परिस्थिती अगाडि बढेको छ यस्तो अवस्थामा किसुनजी, बीपी कोइराला, गणेशमान सिंह र अन्य नेताहरुले के भूमिका खेल्नुहुन्थ्यो होला भन्ने अनुमान लगाउन मन लाग्ने बताए ।

    उनले प्रजातन्त्रका सामान्य कुराहरु नेपाली काङ्ग्रेसले नछाडिकन अगाडि बढ्न सक्नुपर्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation