संघीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?
वि.सं.२०८१ पुस ९ मंगलवार ०९:५४
shares

काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीन समितिको बैठक बस्ने भएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुने कार्यसूची रहेको छ । बैठकको समय बिहान ११:०० बजे छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकको समय दिनको १:०० बजे रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता माननीय सदस्यहरूसँग छलफलको कार्यसूची रहेको छ भने विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ताहरूलाई आमन्त्रित गरिएको छ । बैठकको समय बिहान ११:०० बजे रहेको छ ।











