सहकारी ठगी प्रकरण : कास्की जिल्ला अदालतमा आज रवि लामिछानेलगायतको बयान हुँदै

962
shares

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान आज पनि जारी रहने भएको छ ।

कास्की जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतको बयान हुनेछ ।

लामिछानेसहित ५ जना प्रतिवादीको बयान सोमबारदेखि न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको हो ।

सबैभन्दा पहिले पूर्वडीआईजी छविलाल जोशीको बयान भएको थियो । तर, सोमबार उनको बयान नसकिएपछि आज निरन्तर हुने गरी इजलास रोकिएको थियो ।

छविको बयान सकिएपछि रविको बयान अघि बढ्नेछ ।