नेपाली बजारमा सुनको मूल्य स्थिर
वि.सं.२०८१ पुस ९ मंगलवार ११:०४
1.16K
shares
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर नै छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ कायम भएको थियो भने आज (मंगलबार) पनि सुनको मूल्य सोमबार कै कायम छ ।
मंगलबार चाँदीको मूल्य भने बढेको छ, सोमबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।












