सहकारी ठगी प्रकरणः छविको बयान सकियो रविको कहिले ?

1.12K
shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुद्दा परेका छविलाल जोशीको बयान सकिएको छ ।

सोमबार र मङ्गलवार दुई दिन जोशीको बयान लिइएको थियो ।

उनको बयान सकिएपछि अहिले लीला पछाईंको बयान सुरु भएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।

सोही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान कहिले सुरु हुन्छ भन्ने बारे अदालतले केही जानकारी गराएको छैन ।