काठमाडौं महानगरले निःशुल्क कानूनी सेवा दिइरहेको उपप्रमुख सुनिताको दाबी
वि.सं.२०८१ पुस १३ शनिवार १७:३१
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरले अहिले न्यायिक समितिबाट निःशुल्क कानुनी सेवा दिइरहेको बताएकी छन् ।
शनिवार नेपाल संवत् ११४५ न्हुः देंको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले न्यायिक समितिबाट थुप्रै कामहरू गरिरहेको महानगरले समितिबाट निःशुल्क कानूनी सेवा दिइरहेको बताएकी हुन् ।
उनले भनिन्, ‘न्यायिक समितिबाट थुप्रै कामहरू गरेका छौ । देशभरका उपप्रमुख र न्यायिक समितिका सदस्यहरूलाई आमन्त्रण गरेर पहिलो वर्षमा नै राष्ट्रिय न्यायिक समितिको सम्मेलन गर्यौँ । यसको उद्देश्य सबै आम नागरिकहरूलाई न्यायको पहुँच छिटो छरितो बनाउनु मात्र नभएर समितिले सम्पादन गरेका काममा एकरूपता आओस् भन्ने हो । अहिले समितिबाट निःशुल्क कानूनी सेवा पनि दिइरहेका छांै ।’
साथै उनले ७५ हजारको हाराहारीले निःशुल्क कानूनी सेवा लिई सकेको बताइन् । उनले लैङ्गिकताको आधारमा कुनैपनि हिंसा हुन्छ भने त्यसलाई न्यूनीकरण गर्नका लागि महिला सञ्जाल र त्यो पनि महिला प्रतिनिधिहरूको नेतृत्वमा अघि बढी रहेको बताएकी छन् ।













