मुगुमा दोस्रो पटक हिमपात, किसानहरू खुसी
वि.सं.२०८१ पुस १३ शनिवार १७:५५
shares

मुगु । हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ । दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भन्दै खुसी भएका छन् ।
रारासँगै आसपासका बस्तीहरूमा पनि हिमपात भएको छ । मुर्मा, कोटील्ला, सोबा लगायत बस्तीमा पनि हिमपात भएको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा, सोरु, खत्याडका हिमाली बस्तीमा पनि हिमपात भएको छ । मुगुमा यो वर्ष दुई पटक हिमपात भएको स्थानीय बिर्ख रोकायाले बताए ।
वर्षा र हिमपात नहुँदा चिन्तित देखिएका किसानहरू हिमपात हुन थालेपछि खुसी देखिएका छन् । हिमपातले अन्नबाली, फलफूल जडीबुटीहरू राम्रो हुने किसानहरूको आशा गरेका छ ।
हिमपातले पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएपछि कपास जस्तै सेताम्मे देखिएको छ ।
शुक्रवारदेखि मौसममा बदली भएर गएरातिबाट रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाकारी दिएको छ । हिमपात भएपछि मुगुका हिमाल सेताम्मे देखिएका छन् ।













