नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

1.5K
shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।

शुक्रबार एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।