पोखरामा आजदेखि ड्रागन डुङ्गा दौड प्रतियोगिता सुरु

  • पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुङ्गा दौड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

    नेपाल र छिमेकी मुलुक चीनबिचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुङ्गा दौड प्रतियोगिता आजदेखि पोखराको फेवातालमा सुरु भएको हो ।

    गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रतियोगितामा पाल, चीन र सिङ्गापुरका २० वटा समूह सहभागी छन् ।

    सोमबारसम्म संचालन हुने प्रतियोगितामा भाग लिन चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी पोखरा आएका छन् ।

    प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।

    प्रतियोगितामा ५०० सय र २०० मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation