ललितपुर महानगरले ‘ए’डिभिजनका राम्रा खेलाडीलाई पारिश्रमिक दिने

  • काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट खेलाडीलाई मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताएका छन् ।

    एबीसी डिभिजन फुटबल क्लबहरु र गोल्डक्लब बिजेता क्लबहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गरी मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताए ।

    उनले भने, ‘आउँदो बर्षमा ललितपुरको ‘ए’डिभिजनका राम्रा खेलाडी एक जनालाई मासिक रुपमा थोरै रमकको भएपनि मासिक पारिश्रमको व्यवस्थापन गर्छौ । कति रकम हुन्छ त्यसको होमवर्क गरेर सार्वजनिक गर्छौ । आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गर्छौ । ललितपुरको जतिपनि ‘ए’डिभिजनका खेलाडी छन् ति मध्ये एकजनालाई मासिक पारिश्रमको व्यवस्थापन गर्छौ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation