तमु ल्होसार पर्वले समाजमा आपसी सद्भावको भावना मजबुत : सभापति देउवा
वि.सं.२०८१ पुस १५ सोमवार ०८:०८
shares
xr:d:DAFbpsAE51M:3904,j:1828882845220157668,t:24031202
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु ल्होसार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको बताएका छन् ।
सोमबार तमु (गुरुङ) जातिको महान् पर्व “तमु ल्होसार” को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले नेपाली बिच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।
सन्देशमा लेखिएको छ, ‘तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ । यो पर्वले नेपाली बिच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु ।’













