आज तमु ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा
वि.सं.२०८१ पुस १५ सोमवार ०८:०३
shares

काठमाडौं । आज तमु ल्होसार पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार भव्य रूपमा मनाउने चलन रहेको छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रूपमै प्रस्ट छ, आज गुरुङ समुदायको नयाँ वर्ष हो । चाइनिज ज्योतिष शास्त्र र पात्रो अनुसार वर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरू जनावरको आधारमा नामाकृत हुन्छन् ।
तिब्बती बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ वर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरूमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् ।
सरकारले ‘तमु ल्होसारको पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन् ।













