प्रधानमन्त्रीले दिए तमु ल्होसारको शुभकामना, भने- संस्कृतिमा हामी धेरै धनी छौँ

1.07K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार अवसरमा शुभकामना दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झलझली सम्झना आउने बताए ।

उनले लेखेका छन् ,‘आज तमु ल्होसार, गुरुङ समुदायको प्रमुख पर्व । तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झलझली सम्झना आउँछ । संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना !! ’