रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट
वि.सं.२०८१ पुस १५ सोमवार १०:०३
shares

काठमाडौं । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्ट भएको छ ।
स्थानीय बाबुलाल हजराको घरमा विद्युत् सर्ट भइ आगोबाट हजरा नजिकै रहेको दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रूपमा जलेको छ ।
आगलागी भएको खबर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको वि ओपी बेलविछवा र गौर नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेको थियो । आगो मध्य राति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरिएको छ । घरमा राती सुतेको बेलामा आगोलागि भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ ।
यद्यपि मानवीय क्षति नभए पनि लता कपडा, अन्न लगायत जलेको प्रहरीले जानकारी दिएको छ ।
आगो लागि बाट के कति क्षति भएको छ सो को विवरण सकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।













