झापा पुगेर ओलीलाई प्रचण्डको चेतावनी- गिरिबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु

1.11K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन्।

प्रचण्डले ओलीको क्षेत्रमा नै पुगेर गिरिबन्धु, ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफास गरेर छाड्ने बताएका हुन् ।

उनले भने, ‘गिरिबन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आयो। बेचन झा पक्राउ परेपछि सुई अर्कातिर सोझियो । अनि रातारात गठबन्धन तोडियो र अप्राकृतिक गठबन्धन बन्यो ।’