४ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
वि.सं.२०८१ पुस १७ बुधवार ०९:४३
1.89K
shares
shares

काठमाडौं । संघीय संसद् अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दै छ ।
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १:१५मा बस्दै छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा समितिले मिति २०८१÷०५÷११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्था बारे छलफल हुने छ ।
यसै गरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठक पनि आज बस्दै छ ।
बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची छ ।













