नेपाली बजारमा सुनको मूल्य १४०० रुपैयाँले बढ्दा चाँदी स्थिर

1.13K
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।