ओलीले नै सदस्यता नै खोसिदिएपछि विकल्प खोज्न बाध्य भए : भीम रावल

1.9K
shares

काठमाडौं । नेकपा (एमाले)बाट निष्काशित पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् ।

उनले एमालेले नभइ केपी शर्मा ओलीको गुटले कारबाही गरेको जिकिर गरे । रावलले ओलीले नै सदस्यता नै खोसिदिएपछि विकल्प खोज्न बाध्य भएको धारणा राखे ।

रावलले अहिले देश र जनताको अवस्था दयनीय बनाइएको बताउदैँ सत्ताको बागडोर सम्हालेकाहरूले भ्रष्टाचारलाई बढावा दिने काम गरिरहेको आरोप समेत लगाए ।