मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने

1.27K
shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ ।

त्यसै गरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

बिहानको समयमा तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना भएकाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन सम्बद्ध सबैमा महाशाखाले अनुरोध गरेको छ ।