नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

1.17K
shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।