भीम रावलका आरोपहरू अत्यन्तै तल्लो स्तरका छन् : प्रदीप ज्ञवाली
वि.सं.२०८१ पुस १८ बिहीवार १६:५८
shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले नेकपा एमाले लक्षित गरेको टीका टिप्पणीहरू अत्यन्त तल्लो स्तरको भएको बताएका छन् ।
बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नकारात्मकता, विरोध र आवेगले देश बन्ने भए धेरै अगाडि बनिसक्ने भन्दै रावलले एउटा कुण्ठा मात्र व्यक्त गरेको बताए ।
उनले भने, ‘भीम रावलले गर्नु भएको पत्रकार सम्मेलन नेकपा एमाले लक्षित उहाँको टिका टिप्पणीहरूका बारेमा सामान्य चर्चा भयो । त्यो कुनै धेरै चर्चा गर्नुपर्ने, धेरै समय खर्चिनु पर्ने विषय पनि होइन । किनभने, नकारात्मकता, विरोध, आवेग र कुण्ठाले देश बन्ने भए धेरै अगाडि बनी सक्ने थियो । आरोपहरू अत्यन्त तल्लो स्तरका छन् र उहाँको एउटा कुण्ठा मात्र व्यक्त भएको छ ।’
त्यस्तै बैठकमा एमाले–कांग्रेस गठबन्धन सरकारले सञ्चालन गरिरहेका कामका बारेमा पनि चर्चा भएको उनले बताए । त्यस्तै नेपाली राजनीतिमाथि भइरहेको बाहिरी प्रभावका विषयमा छलफल भएको सुनाए ।












