‘ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या’
वि.सं.२०८१ पुस १८ बिहीवार १९:४८
1.46K
shares
shares

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले पहिले नै पदाधिकारीहरूको काम कर्तव्यलाई व्याख्या नगरी ऐन निर्माणमा ध्यान नदिँदा विश्वविद्यालयहरू सञ्चालनमा समस्या देखिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफलमा उनले पछि देखिने समस्याहरूबारे सचेत हुँदै ऐन बनाइएन भने आउने दिनमा अप्ठ्यारो हुने बताइन् ।
उनले भनिन्,अहिले नै पदाधिकारीहरूको काम कर्तव्यलाई व्याख्या गर्न सकेनौँ भने अहिले निर्माण भइरहेको जति पनि विश्वविद्यालयहरू छन् त्यसलाई चलाउन आज जुन खालका समस्याहरू देखा परिरहेको छ त्यसको बारेमा हामी सचेत हुँदै यो ऐन बनाइएन भने भोलि अप्ठ्यारो पर्न सक्छ ।’













